Banner News

वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र विश्वसनीय बनाउन अनलाइन प्रणाली : मन्त्री बिष्ट



भदौ २६, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोर्कण विष्टले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र विश्वसनीय बनाउन अनलाइन प्रणाली प्रभावकारी हुने बताउनुभएको छ ।

सोमबार सिंहदरबारमा भएको कार्यक्रममा मन्त्री विष्टले औपचारिक सुरुवात यो प्रणालीको शुरु भए पनि असोज १६ गतेदेखि मात्र पूर्ण रुपमा सञ्चालनमा आउने जानकारी दिनुभएको छ ।

वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यका साथ सरकारले सञ्चालनमा ल्याएको एकीकृत अनलाइन प्रणालीमा वैदेशिक रोजगारीमा जाने तथा गएर फर्किने कामदार र रोजगारीका सबै विवरण उल्लेख छ ।

वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका कामदारका गुनासा तथा मुद्दा समाधान गर्ने र सबै विवरण एकै ठाउँमा राख्ने उद्देश्यले सञ्चालनमा ल्याइएको हो ।

यस अनलाइन प्रणालीअन्तर्गत श्रम मन्त्रालय र मातहतका विभाग तथा श्रम कार्यालय, राहदानी विभाग, कन्सुलर विभाग, अध्यागमन, विदेशस्थित नियोग, म्यानपावर कम्पनी, स्वास्थ्य परीक्षण संस्था तथा अभिमुखीकरण केन्द्र जोडिएका छन् । वैदेशिक रोजगारीमा जान लागेका र काम गरिरहेका कसैले उजुरी वा गुनासो गरेमा पनि अनलाइन सिस्टमबाट थाहा पाउन सकिने भएको छ ।