समाचार

नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध



भदौ २६, काठमाडौं । नारायणगढ–मुग्लिङ सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएसँगै यात्रुहरु हलपत्र परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–६ को कालीखोला, जलवीरे र चारकिलोमा पहिरो खसेको छ । पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ ।