राजनीति

नेविसंघ १२ औं महाधिवेशन तिहारसँगै (कार्यतालिका सहित)



भदौ २६, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) को १२ औं महाधिवेशन आगामी कात्तिक १६ गतेदेखि हुने भएको छ ।

सोमबार सकिएको केन्द्रीय समितिको बैठकले कात्तिक १६, १७ र १८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो । तिहार कात्तिक १९ गतेदेखि सुरु हुन्छ । महाधिवेशन कहाँ गर्ने भन्ने तय गरेको छैन ।

अध्यक्ष नैन सिंह महर भने, ‘वैधानिक संकटकालको अवस्थामा भएकाले महाधिवेशन सार्ने सुविधा हामीलाई छैन । कुनै पनि हालतमा तोकिएकै मितिमा महाधिवेशन हुन्छ ।’

महाधिवेशन कार्यतालिका

१. असोज ७ गते मावि र क्याम्पसहरुको अधिवेशन सुरु हुने
२. १२ गते सबै पालिकाहरुमा,
३. १५ गते निर्वाचन क्षेत्रहरुमा,
४. २१ गते ७७ वटै जिल्लामा,
५. असोज २३ गते काठमाडौं उपत्यकाका क्याम्पसमा,
६. कात्तिक १० र ११ गते सातवटै प्रदेशमा अधिवेशन
७. त्यसपछि केन्द्रीय अध्यक्षले महाधिवेशन प्रतिनिधिहरुको मनोनयन गर्ने,
८. अध्यक्षलाई ३० जना मनोनयन गर्ने अधिकार,
९. महाधिवेशन प्रतिनिधिहरुको पहिलो नामावली प्रकाशन कात्तिक १३ गते हुने,
१०. उक्त नामावलीमा दावी विरोध र अन्तिम नामावली प्रकाशन १४ गते हुने,
११. १६ गते महाधिवेशनको उदघाटन गर्ने,
१२. १७ गते बन्दसत्र सुरु गर्ने कार्यतालिका रहेको छ ।