Banner News

योगदानमा आधारित सामाजिक सुरक्षा एक महिनाभित्रै : मन्त्री बिष्ट



भदौ २७, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले श्रमिकहरुको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम एक महिनाभित्रै कार्यान्वयन गर्ने घोषणा गर्नुभएको छ ।

प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा ‘रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा वोल्दै मन्त्री बिष्टले मन्त्री विष्टले अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरुले पनि योगदानमा आधारित सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था गर्न लागिएको पनि समितिलाई जानकारी दिनुभएको छ ।

उहाँले श्रमिकहरुको पेनसनका सम्बन्धमा पनि सरकारले आवश्यक निर्णय लिने बताउनुभएको छ ।