राजनीति

पहिचान बिरोधी जनजाति नेता नव औपनिवेशिकवादका मतियार : अध्यक्ष लिङदेन



भदौ २७, पाँचथर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिङदेन मिराकले पहिचानको बिरोध गर्ने नेकपाका आदिबासी जनजाति नेताहरु नव औपनिवेशिकवादका मतियारहरु भएको टिप्पणी गर्नुभएको छ ।

मगलबार पाँचथरको फिदिममा आयोजित संघीय लिम्बुवान मञ्च लिम्बुवान प्रदेश समितिले आयोजना गरेका खबरदारीसभालाई सम्बोधन गर्दै लिङदेनले प्रदेश–१ लाई सगरमाथा वा कोशी प्रदेश नामकरण गर्ने प्रसंग निकाली लिम्बुवानसँग जिस्किएको आरोप लागउनुभएको छ ।

सम्बोधन गर्नेक्रममा बोल्दै अध्यक्ष लिङदेनले प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लिम्बुवानसँग नजिस्किन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो ‘जसरी लिम्बुवानसँग जिस्केर राजतन्त्र र राणा सिद्वियो, त्यसैले तपाईहरु पनि सिद्विने बाटोमा नलाग्नुस ।’ प्रदेश–१ लाई पहिचानको आधारमा लिम्बुवान र किरात खम्बुवान प्रदेश बनाउन लिङदेनले माग गरेका छन् ।