भदौ २७, काठमाडौं । प्रमुख प्रतिपक्षिदल नेपाली काग्रेसका प्रवक्त विश्वप्रकाश शर्माले संविधानले प्रत्यमुति गरेको प्रेस स्वतन्त्रताको विम्व के कलमजीविका हातमा हत्कडी हो ? भनि सरकारसँग प्रश्न गरेका छन् ।
बुधबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘प्रकाशित कुनै समाचार या साभार गरिएको विषयवस्तुप्रति व्यक्ति, संस्था वा राज्य कसैको पनि विमति हुँदा त्यसलाई खण्डन गर्ने गराउने निश्चित विधि-प्रक्रिया लोकतान्त्रिक प्रणालीले सुनिश्चित गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘तर केही समययता राज्यसंयन्त्र नै मिडियाप्रति असहिष्णु ढंगले प्रस्तुत भइरहँदा त्यसले लोकतान्त्रिक सत्ता र संस्कृतिको होइन ‘अधिनायकवाद उन्मुख’ प्रवृत्तिको श्रृङ्खलालाई पुष्टि गर्दै गएको छ ।’
कांग्रेसले खोजतलास डटकमका प्रधान सम्पादक राजु बस्नेत पक्राउको विरोध गर्दै तत्काल रिहा गर्न माग समेत गरेको छ । पत्रकार राजु वस्नेत पक्राउको विषयलाई गम्भीर रुपमा लिएको भन्दै प्रवक्ता शर्माले यस विषयमा राजयले सार्वजनिक रुपमा जवाफ दिनुपर्ने विज्ञप्तिमा बताएका छन् ।
कांग्रेसले प्रकाशित समाचारको विषयलाई लिएर पत्रकार पक्राउ गरेर सरकार अधिनायकवाद उन्मुख भएको आरोप लगाएको छ । कांग्रेसले मुलुकी संहितामा रहेका प्रेस स्वतन्त्रतालाई असर पुग्ने प्रावधानहरु संशोधन गर्ने प्रक्रिया सुरु गर्न पनि सरकारलाई आग्रह गरेको छ ।










प्रतिक्रिया दिनुहोस्