समाचार

तातोपानी नाका खुलाउन तत्कालका लागि अस्थायी पुल : सभामुख महरा



भदौ २७, काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले तातोपानी नाका खुलाउन तत्कालका लागि तातोपानी नाकामा अस्थायी पुलको व्यवस्था भइरहेको पनि जानकारी दिनुभएको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बतको पाँच दिने औपचारिक भ्रमण पूरा गरी बुधबार स्वदेश फर्किएका उहाँले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगै कुरा गर्दै महराले तातोपानी नाका छिट्टै खुलाउने गरी चीनले आन्तरिक तयारी गरिरहेको जानकारी गराउनुभएको छ । कन्सुलर भवनबाट तातोपानी र रसुवागढीमा निर्माण गर्न लागिएको चीन–नेपाल नाका पुलको पनि शिलान्यास गर्नुभएको थियो । उहाँले आफ्नो तीब्बत भ्रमणले नेपाल–चीनबीचको सम्बन्ध अझै सुदृढ बनाउने विश्वास पनि उनले व्यक्त गर्नुभएको छ ।

सभामुख महराले त्यहाँ आयोजित ‘चौथो चीन–तिब्बत पर्यटन तथा सांस्कृतिक प्रर्दशनी’को उद्घाटन समारोहमा भाग लिनुभएको थियो । सभामुख महाराले ल्हासास्थित नेपाली कन्सुलर कार्यालयको शिलान्यास गर्नुभएको थियो ।