सप्तरी, कञ्चनरूप नगरपालिकाका स्वास्थ्य संयोजक तथा सिनियर अहेब डम्बरप्रसाद गुप्ताले मौसम परिवर्तनसँगै आउन सक्ने ज्वरो, रुघाखोकीलाई बेवास्ता नगर्न आग्रह गरे । नयाँ पत्रिका दैनिलके समाचार छापेको छ ।
सय डिग्रीभन्दा माथिको ज्वरो, रुघाखोकी, छाती दुख्ने, श्वास फेर्न गाह्रो हुने लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा गएर जाँच गर्नुपर्छ’ गुप्ताले भने ।
त्यस्ता लक्षण भएका व्यक्तिले प्रशस्त मात्रामा झोलिलो पदार्थ खाने, हावा आवतजावत हुने खुला ठाउँमा बस्ने, सरसफाइमा ध्यान दिने र मास्क लगाएर हिँड्ने गर्नुपर्छ । स्वास्थ्य शिविरमा रगतको नमुना संकलन गरिएकामध्ये एकजनामा भाइरल इन्फ्लुएन्जा एचवानएनवान र १० जनामा एचथ्रीएनटु पोजिटिभ पाइएको कञ्चनरूप नगरपालिकाका स्वास्थ्य संयोजक सिनियर अहेब डम्बरप्रसाद गुप्ताले जानकारी दिए ।
प्रयोगशालाको विस्तृत प्रतिवेदन बिहीबारसम्म आउने गुप्ताले बताए । एचवानएनवान पोजिटिभ भेटिएका बिरामीलाई पनि सामान्य इन्फ्लुएन्जा भएको उनको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्