भदौ २८, डोटी । डोटी जिल्लाको जोरायल गाउँपालिका–२ छतिवनमा बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् भने घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ ।
दार्चुलाबाट महेन्द्रनगरका लागि हिँडेको ना ७ ख ९११४ नम्बरको यात्रुबाहक बस बिहीबार बिहान ३ बजे अठासीमोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए ।
बस सडकबाट ६० मिटर तल खसेको बताइएको छ । घाइते सबैको प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि कैलालीका विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्