भदौ २९, काठमाडौँ । फ्राइडे रिलिज अन्तर्गत आज फिल्म ‘साली कस्को भेनाको’ प्रदर्शनमा आएको छ ।
चलचित्र ‘साली कस्को भेनाको’ प्रदर्शनमा आएसँगै अघिल्लो साताबाट प्रदर्शनमा आएको चलचित्र ’रामकहानी’ दोस्रो सातामा प्रदर्शन सुरु गरेको छ ।
भद्र भुजेलको निर्देशनमा रहेको चिलचित्रमा विशेषत मगर समुदायको रहन सहन देखाउने प्रयास गरिएको छ ।चलचित्रमा साली र भेनाको सम्बन्धलाई विशेष रुपले प्रस्तुत गरिएको छ ।
चलचित्रमा विल्सनविक्रम राइको मुख्य भुमिका देख्न सकिन्छ । प्रसाद श्रेष्ठले निर्माण गरेको फिल्ममा सुष्मा कार्की, मरिष्का पोख्रेल, रजनी गुरुङ, देव सागर लगायतका कलाकारको भूमिका रहेको छ ।










प्रतिक्रिया दिनुहोस्