समाचार

इटहरी उपमहानगरबारे थाहा पाउन सकिने मोवाइल एप्स



भदौ २९, सुनसरी । सुनसरी जिल्लाको  इटहरी उपमहानगरबारे संसारभरबाट मोवाइलमै थाहा पाउन सकिने भएको छ ।

चार महिना भित्रमा इटहरी उपमहानगरको डिजिटल प्रोफाइल तयार गरी मोवाइल एप्समार्फत नगरका सवै तथ्यांक र जानकारी मोवाइलमै हेर्न सकिने इटहरी उपमहानगरपालिकाले जनाएको छ ।

प्रोफाइलमा इटहरीका प्रत्येक घरको सम्पूर्ण जानकारी समेटिने छ । घरको पारिवारिक विवरण जसमा घरका सबै सदस्यको नामथर, जन्ममिति, जात, धर्म, मातृभाषा, शैक्षिक अवस्था, बसोवास घरमै हो कि बाहिर बसोवासको अवस्था, पेशा, बैवाहिक अवस्था, अपाङ्गताको अवस्था, शैक्षिक स्थिति रहने भएको छ ।

यस्तै घरमूलीको सम्पर्क नम्बर, बालश्रमिक राखेको छ कि छैन, एक वर्ष भित्रमा कसैको निधन भएको छ भने के कारणले निधन भयो सो सहितको जानकारी, स्वास्थ्य र ब्यक्तिगत बीमा गरिएको छ कि छैन ती सवै जानकारी समेटिने छन् ।

बैंक तथा वित्तीय संस्था, शैक्षिक तथा मानव संसाधन विकास, स्वास्थ्य तथा पोषणको अवस्था, खानेपानी तथा सरसफाइ, महिला बालबालिका तथा सामाजिक समावेशीकरणको अवस्था, संचारप्रविधि, आवास तथा भवन समेटिने छ ।