समाचार

वीर अस्पतालको उपकुलपति छनौटमा सरकारी चिकित्सकको चेतावनी



भदौ २९, काठमाडौं । सरकारी चिकित्सक संघ नेपालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकूलपति छनौंटमा असहमति जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेको छ ।

स्वास्थ्य सेवामा कार्यरत चिकित्सकलाई मात्रै उपकूलपति बनाउन गरिएको आग्रह बेवास्ता गरे सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने संघको चेतावनी रहेको छ ।

स्वास्थ्य सेवामा कार्यरत चिकित्सक बाहेकका चिकित्सकलाई प्रतिष्ठानको उपकूलपति बनाउन खोजिएको आशंका गर्दै त्यसविरुद्ध सरकारी चिकित्सक संघ, नेपालले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेको छ ।