राजनीति

अनेरास्ववियुको सरकारलाई २४ घण्टे अल्टिमेटम : एसपी बिष्टलाई पक्राउ गर्न माग



भदौ २९, काठमाडौं ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियुले कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई २४ घण्टाभित्र कारबाही गर्न माग गरेका छन ।

शुक्रबार काठमाडौंमा  विरोध प्रदर्शन गर्दै अनेरास्ववियुले शनिबार दिउँसोसम्ममा एसपी डिल्लीराज बिष्टलगायतलाई गिरफ्तार गरी डीएनए परीक्षण गर्न माग गरेका हुन् ।

प्रदर्शनमा अनेरास्ववियुका सचिव सुदेश पराजुलीले एसपी बिष्टलगायत घटनामा संलग्न रहेको आशंका गरिएकाहरुलाई बाहिर राखेर नभई गिरफ्तार नै गरेर डीएनए परीक्षण गर्नुपर्ने बताएका छन।