सम्पादकीय

रथयात्रा हेर्न गएका तीन किशोरी १० दिनदेखि बेपत्ता



नुवाकोटको तादी गाउँपालिका १ उर्लेनी काल्चेका तीन किशोरी हराएको १० दिन बितिसक्दा पनि परिवारले उनीहरुको खबरसम्म पाउन सकेको छैन । आजको नागरिकले यो समाचार छापेको छ ।

हराउनेमा १८ बर्षीया शर्मिला भन्ने आइती तामाङ, १७ बर्षीया सम्झना तामाङ र १७ बर्षकै हसिना भन्ने माया तामाङ रहेका छन् । उनीहरु श्रीकृष्ण जन्माष्टीका दिन रथयात्रा हेर्न भनी खरानीटार गएका थिए ।

जात्रा हेरेर साँझ फर्कने भनी घरमा जानकारी गराएर पनि अहिलेसम्म नफर्किएको शर्मिलाका बुवाले शुक्रबार बताए ।