समाचार

चिनियाँ राजदूत यू होङद्वारा प्रधानसेनापति थापालाई बधाई



भदौ ३०, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत यू होङले प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई बधाई दिएकी छन् ।

शुक्रबार राजदूत होङले  सेनापति  थापालाई जंगी अड्डामै पुगेर बधाई दिएकी हुन् ।

भेटवार्ताका क्रममा राजदूत होङ र प्रधानसेनापति थापाबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा पनि छलफल भएको  जनाएको छ  ।