भदौ ३०, काठमाडौँ । सप्तरीको कञ्चनरुप नगरपालिकामा स्वाइन फ्लुबाट पाँच जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–४ की ६० वर्षीया भालसरदेवी सरदार र महदेवा गाउँपालिका–१ का ८ वर्षीय बालक महफुल आलम, कञ्चनरुप नगरपालिका–७ का १४ वर्षीय दिवश बस्नेत, ३ का १४ वर्षीय किशोर राम र ९ का १४ वर्षीय आमोदकुमार रामको मृत्यु भएको छ ।
उक्त नगरपालिका मृत्यु भएपछी जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीको आकस्मिक बैठकले स्वास्थ्य सेवा विभागको इपिडीमियोलोजी तथा महामारी रोग नियन्त्रण शाखाको टोलीले बिरामीको ¥याल परीक्षण गरी उनीहरूमा स्वाइन फ्लु र हङकङ फ्लु भएको पुष्टि गरेपछि कञ्चनरुप नगरपालिकालाई विपद् क्षेत्र घोषणा गरिएको छ ।
सो क्षेत्रमा केही दिनदेखि रुघाखोकी र ज्वरोका बिरामीमा ‘एचवानएनवान’ (स्वाइन फ्लु) र ‘एचथ्रिएनटु’ (हङकङ फ्लु) को भाइरस फेला परेको छ ।
प्रतिक्रिया दिनुहोस्