भदौ ३०, काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन ।
चीन प्रस्थान गर्नुअघि उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ आफ्नो चीन भ्रमण दुई पार्टीबीचको सम्बन्ध सुदृढ गराउने विषयमा केन्द्रित हुने बताए ।
अध्यक्ष दाहालले दुई देशका सरकारबीच भएको पछिल्ला सहमति र समझदारीकाे प्रभावकारी कार्यान्वयन गराउन आवश्यक वातावरण बनाउन पनि आफ्नो भ्रमण उपयोगी हुने विश्वास व्यक्त गरेका छन










प्रतिक्रिया दिनुहोस्