Banner News

अन्तराष्ट्रिय लगानी आवश्यक, लगानीको सम्पूर्ण सुरक्षा सरकारले लिन्छ : मन्त्री महासेठ



असोज १, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले यातायात क्षेत्रमा हुने अन्तराष्ट्रिय लगानीको सम्पूर्ण सुरक्षा सरकारले लिने बताउनुभएको छ ।

नेपाल अटोमोवाइल एशोसिएशन (नासा)को आयोजनामा आज काठमाडौंमा भएको विश्व अटोमाइल संगठन ‘फेडेरेशन इन्टरनेशनल अटोमोवाइल (एफआइए)’ को असोज १ गतेदेखि २ गतेसम्म सञ्चालन हुने अन्तराष्ट्रिय सम्मेलनको क्रममा उक्त कुरा बताउनुभएको हो ।

कार्यक्रममा मन्त्री महासेठले नेपालको विकास गर्नको निम्ती अन्तरष्ट्रिय लगानी आवश्यकता रहेको बताउँदै एफआइएलाई आफ्नो क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । वर्तमान सरकारको ध्यान नै सडक विकास र विस्तार रहेको बताउँदै यातायात क्षेत्रलाई व्यवस्थित गर्दै सरकार अघि वढिरहेको जानकारी गराउनुभएको छ । मन्त्री महासेठले नेपालमा करिव तीन लाख २० हजार भन्दा वढी यातायातका साधनहरु सञ्चालनमा रहेको जानकारी गराउनुभएको छ ।

विगत छ महिनामा सरकारले यातायात क्षेत्रमा व्यापक यातायात सञ्जालको विकास गरेको बताउँदै मन्त्री महासेठले भन्नुभयो ‘नेपाल सरकार छिमेकी देशहरु चाइना र भारतबाट हवाई, जल तथा सडक विकास गर्दै अघि वढेको छ । नेपालमा छिट्टै रेलमार्ग सञ्चालनमा आउछ, ट्रान्सपोर्टको विकास हुन्छ ।’

त्यस्तै कार्यक्रममा एसिया प्रशान्तका अध्यक्ष मिके नुनले विश्वको आर्थिक विकासको मेरुदण्ड यातायात क्षेत्र रहेको बताउनुभएको छ । उहाँ भन्नुभयो ‘एफआइएले यातायात क्षेत्रलाई मात्र नभई विश्वमा पर्यटन, खेलकुद, सडक लगायतका क्षेत्रको विकासलाई मुख्य प्राथमिकता दिन्छ । दिगो विकास र गतिशिलतालाई आत्मासाथ गरी अघि वढ्छ ।’