असोज १, विरगञ्ज । बाराको परवानीपुर गाउँपालिकामा वडा नम्बर ३ मा रहेको अन्नपूर्ण सोप एण्ड केमिकल इन्डष्ट्रिजमा आगलागी हुँदा करिब पाँच करोड रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सोमबार बिहान आगलागी भएको वीरगञ्जका उद्योगपति वीरेन्द्रप्रसाद संघाईको यो उद्योगमा दबंग र मकालु ब्रान्डका कपडा धुने साबुन उत्पादन हुन्छन् ।
बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान छ । वीरगञ्ज महानगरपालिका, पोखरीया नगरपालिका, सिमरा उपमहानगरपालिका र नेपाल आयल निगम अमलेखगञ्ज डिपोको दमकलको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो नियन्त्रणमा लिइएको छ ।










प्रतिक्रिया दिनुहोस्