असोज १, काठमाण्डौ । कञ्चनपुरकी १३ वर्षिया निर्मला पन्त बाबु आमाले बलत्कार पछि हत्यामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका छन ।
बाबु यज्ञराज पन्त र आमा दुर्गादेवी पन्तले प्रधानमन्त्री निवास वालुवाटार पुगेर प्रधानमन्त्री केपी ओलीलाई भेटि निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन ।
प्रधानमन्त्री ओलीले ज्ञापनपत्र बुझ्दै निर्मलाका हत्यारालाई कानुनी दायरामा ल्याएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
ज्ञापन पत्र बुझाउने कार्यक्रममा विना मगर, रमेश लेखक, लेखराज भट्ट, दिलेन्द्र बडु, एनपी साउद लगायतका त्यस क्षेत्रका नेताहरुको पनि सहभागिता रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्