आसोज १, एजेन्सी । चीन भ्रमणमा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सान्सी प्रान्तीय कमिटीका स्थायी समिति सदस्य तथा येनान नगर कमिटीका सेक्रेटरी सु सिन्रोङ्गसँग भेटवार्ता गरेका छन ।
सो भेटवार्तामा अध्यक्ष प्रचण्डले आफू र आफ्नो टोलीलाई चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलहरुको भ्रमण गराएकोमा येनान नगर पार्टी कमिटी, जनसरकार र चिनियाँ जनतालाई धन्यवाद ज्ञापन गरेका छन ।
प्रचण्डले भने ‘धेरै पटक चीनको भ्रमण गरेपनि क्रान्तिको ऐतिहासिक नगरको अवलोकन गर्ने अवसर मिलेको थिएन । यसपटक चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा यो अवसर मिलेकोमा अत्यन्त खुसी लागेको छ’ ।
अध्यक्ष प्रचण्डले नेपालमा राजनैतिक स्थिरता कायम भएको भन्दै अबको आफूहरुको जिम्मेवारी आर्थिक समृद्धिसहित समाजवादको निर्माण गर्नु रहेको बताए ।










प्रतिक्रिया दिनुहोस्