Banner News

निर्मला हत्या प्रकरण : डीअार्इजी बस्नेतको नेतृत्वमा छानबिन समिति गठन



आसोज २, काठमाडौं । कञ्चनपुरकी  निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन गर्न अर्काे ‘शक्तिशाली’ समिति गठन गरिएको छ ।

डीआइजी धिरु बस्नेतको संयोजकत्वमा अर्काे समिति गठन गरिएको हो । समितिका सदस्यहरुमा एसएसपी निरजबहादुर शाही, डिएसपीहरु रमेश थापा, दधिराम न्यौपाने र कौशल बुढाथोकी सहित ९ जना रहेका छन् ।

घटनाको अनुसन्धानका क्रममा ६ जना प्रहरी नै निलम्बनमा परेपछि अनुसन्धान प्रभावकारी बनाउन डीअार्इजी बस्नेतको नेतृत्वमा समिति गठन गरिएको हो ।