राजनीति

संसदीय समितिका सभापति चयन मिति सार्वजनिक



असोज २, काठमाडौं । प्रतिनिधिसभाको विषयगत समितिको सभापतिको निर्वाचन असोज ५ गतेको लागि सार्वजनिक भएको छ ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले संसदीय समितिको सभापति चयनका लागि असोज ५ गते विहान ११ बजे निर्वाचन कार्यक्रम राखिएको जानकारी गराउनुभएको छ ।

मिनि संसद मानिने प्रतिनिधिसभाको समितिहरुको सभापति चयनका लागि तोकिएको मिति सर्दै आएको छ । प्रतिनिधिसभामा १० वटा विषयगत र ३ वटा विशेष समिति रहेका छन् । राष्ट्रियसभाको ४ वटा विषयगत समितिमा भने सभापति चयन भइसकेको छ ।