असोज ३, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश वस्नेतले देश विकासका लागि प्रत्येक नगरपालिकाका एक वडा, एक मुल सडक बनाउनुपर्ने भन्दै असहजतालार्ई सहजता प्रदान गर्दै अघि वढ्नु जनप्रतिनिधिको दायित्व भएको बताउनुभएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका १, चरखण्डी पुलको शिल्यान्यास गर्दै सांसद बस्नेतले उक्त कुरामा जोड दिनुभएको हो । भौतिक पूर्वाधार निर्माण पहिलो प्राथमिकता भएको भन्दै सांसद वस्नेतले जनतालाई अनिवार्य आवश्यक पर्ने गास, वास, कपासको साथमा सडक, खानेपानी, ढल लगायतका पूर्वाधारहरुलाई विकास गर्दै जानुभपर्ने बताउनुभयो ।
बर्षको अन्तिममा मात्र बजेट मन्त्रालयमा व्यवस्था हुने तितो यथार्थ रहेको भन्दै सांसद वस्नेतले करका विषयमा जनताले विशेष ध्यानदिनुपर्ने बताउनुभयो । पैसा आएर काम नभई काम गरेपछि मात्र पैसा आउने बताउँदै सांसद वस्नेतले आर्थिक व्यवस्था नभएपनि विश्वासका भरमा विकास निर्माणका कार्यहरु तिव्र गतिमा अघि वढाइएको बताउनुभयो ।
उधारो कुरा गर्नेको पछि लाग्नु आवश्यक छैन भन्दै सांसद वस्नेतले जनतासँग विश्वासको वातावरण वढ्दै गएको निर्धारित समयमा नै उक्त पुल निर्माण सम्पन्न गर्नुपर्ने बताउनुभयो ।
भक्तपुरको लागि स्मार्ट सिटी, रंगशाला, कर्वोड हल, सभागृह लगायतका राष्ट्रिय गैरवका योजनाहरु पर्नु भनेको भक्तपुर जिल्लावासीको भोग्य र भवियष्को रेखा निर्धारण गर्ने भन्दै विकास निर्माणका कार्यलाई सकेसम्म साथ दिन आग्रह गर्दै नसकेमा विरोध नगर्न आग्रह समेत गर्नुभयो ।
आफु जनताको प्रतिनिधि भएकाले जनताको चाहनाअनुसार नै अघि वढ्ने वताउँदै सांसद वस्नेतले विकास निर्माणका कार्यमा जनप्रतिनिधिको साथमा जनताको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । सूर्यविनायक नगरपालिकाको सबै वडाहरु सडक मार्फत केन्द्रीय सडकमा जोड्ने अभियान स्वरुप यो बर्ष विशेष योजना बनाइएको बताउँदै सांसद बस्नेतले बालकोट–कौशलटार,दधिकोट–थिमी, आदर्शचोक–डोलेश्वर, पलाँसे–चित्तपोल, साँगा भंगाल सडक विस्तार गरिएको बताउनुभयो ।
विकास निर्माणका कार्यहरु अघि वढाउँदै अनेकौ प्रकारका जनगुनासाहरु आउनेभन्दै सांसद वस्नेतले आफु जनगुनासोलाई मध्यनजर गर्दै अघि वढ्ने दृढता समेत व्यक्त गुर्नभयो । यो बर्ष ३ वटा पुल निर्माण गर्न ९० लाख निकासा भइसकेको बताउँदै अब बर्षे विकासलाई कुर्नु नपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘विगतमा जस्तो बर्षको अन्तिममा आएर विकासको कार्य हुँदैन, अब हिउँदे विकास सुरु भयो ।’
बत्तिमुनिको अध्यारो भनेजस्तै विगतका वर्षहरुमा केन्द्रिय राजधानीसँग जोडिएको भक्तपुर जिल्ला भएता पनि विकास निर्माणका कार्यहरुमा पछि परेको जसमा वार्षिक बजेट करिव एक करोड ल्याउन पनि हम्मे हम्मे पर्ने गरेको बताउनुभयो । आफु मन्त्री भएपश्चात करोडौं रकम ल्याउन सफल भएको दावि समेत गर्नुभयो । उहाँले भन्नुभयो ‘भक्तपुरका विकासको लागि गत वर्षमात्र करिव २७ करोड रकम ल्याउन सफल भएको जसमा १०३ योजनाहरु सफल रुपमा सम्पन्न भए ।’
उहाँले भक्तपुरमा वाढीका कारण डुवानमा परेको दुुःखद घटनालाई सम्झदै आगामि दिनमा त्यस्तो प्रकारको घटना पुनः दोहोरिन नदिन हनुमन्ते नदीको चौडा विस्तार तथा दायाँ वायाँ २०/२० मिटर गरी ६० मिटरको आधुनिक प्रविधिको करिडोर निर्माण प्रकृया द्रुत गतिमा अघि वढेको जानकारी गराउनुभयो । उक्त करिडोर निर्माण्को निम्ती ९१ करोड विनियोजन भएको समेत जानकारी गराउनुभयो ।
त्यस्तै आर्थिक विकासको मेरुदण्डको पक्षको रुपमा धार्मिक तथा सांस्कृतिक पुरातात्वीक स्थलहरु रहेको भन्दै यिनिकहरुकोे विकासको लागि पनि स्थानीय सरकार तथा केन्द्रिय सरकारले बजेट विनियोजन गरेको बताउनुभएको छ । सूर्यविनायक नगरपालिका ४ स्थित अनन्तलिङ्गेश्वर महादेव मन्दिर निर्माणका लागि पुरातत्व विभागबाट ४० लाख रकम प्रस्तावित गराउने काम भएको जानकारी समेत गराउनुभएको छ ।










प्रतिक्रिया दिनुहोस्