असोज ३, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ६ दिने भ्रमणका लागि आज चीन जाने भएका छन ।
बिहान १० बजे एयर चाइनाको विमानबाट सिचुवानको राजधानी छेन्दु जाने उपराष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।
सिचुवान प्रान्तको राजधानी छेन्दुमा भोलीदेखि हुने ‘१७औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपराष्ट्रपति चीन जान लागेका हुन् ।
उपराष्ट्रपति पुनले सिचुवानको विकासे परियोजनालगायत विभिन्न क्षेत्रको अवलोकन भ्रमणसमेत गर्नेछन । चीनको भ्रमण सकेर उनि ८ गते स्वदेश फर्किने भएका छन ।










प्रतिक्रिया दिनुहोस्