असोज ४, काठमाडौं । संविधान दिवशको अवसरमा सत्तारुढ दल निकट युवा संगठनहरु राष्ट्रियता, स्वाधिनता र स्वाभिमानलाई मजवुत बनाउनु पर्ने भन्दै राष्ट्रिय झण्डा फहराएका छन् ।
आज संविधान दिवसको अवसरमा तत्कालिन नेकपा (एमाले) निकट युवा संगठन युवा संघ नेपाल र तत्कालिन नेकपा (माओवादी केन्द्र) निकट वाइसिएल नेपालको संयुक्त आयोजनामा काठमाडौंको माइतीघर मण्डलामा १०० मिटर अग्लो टावर सहितको झण्डोत्तलन गरेका हुन ।
राष्ट्रिय भावले ओतप्रोत रुपमा मनाइएको उक्त कार्यक्रममा देश विकास र समृद्धिको साथमा नेपालमा युवामैत्री वातारण सिर्जना गर्नुपर्नेमा जोड दिइएको छ । योग्य तथा दक्ष युवाहरु विदेशको मरुभुमिका जानुपर्ने बाध्यतालाई अन्त्य गर्नु अहिलेको आवश्यकता रहेको भन्दै रोजगारीमुखी नीति तथा कार्यक्रमलाई वर्तमान सरकारले अघि सारेकोले त्यसलाई सफल बनाउनुपर्ने बताइएको छ ।
कार्यक्रममा संविधानमा कहि कतै कमि कमजोरी भएमा आपसी छलफल तथा संवादको माध्यबाट हल गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणमा सवै राजनैतिक दल एक भई हातेमालो गर्दै अघि वढ्नुपर्ने कुरामा जोड दिइएको छ । संविधानले व्यवस्था गरेका मौलिक हक, समावेशी प्रतिनिधिव र अन्य प्रावधानले यसलाई उत्कृष्ट संविधानको रुपमा स्थापित गरेको छ । अवको वाटो संविधानलाई उत्कृष्टता पुर्वक जनताको जनजिवीकासँंग जोडेर लैजानु पर्नेमा जोड दिईको छ ।
जनताको अधिकार लिपीबद्ध भएको दिनको आधारमा मुलुकलाई समृद्धिको बाटोमा अघि लानुपर्नेमा युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले बताउनुभएको छ । अध्यक्ष पौडेलले हजारौं नेपालीको रगतद्धारा प्राप्त संविधानलाई कार्यान्वयन गर्न र गराउन सम्पूर्ण राजनैतिक दल, वुद्धिजीवि, जनता तथा सुभचिन्तकहरु आ–आफ्नो तह र तप्कादेखि लाग्नुपर्ने बताउनुभयो । विश्वमा सगरमाथाको देश, गौतम बुद्धको देश, प्राकृतिक मनोरमको देशको रुपमा परिचित नेपाललाई आगामि दिनमा विकसित देशको रुपमा चिनाउनुपर्ने अध्यक्ष पौडेलले बताउनुभयो ।
त्यस्तै वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा (दिपसिखा)ले जनताको वलिदानीबाट प्राप्त अधिकारलाई संस्थागत गर्नु वर्तमान समयको आवश्यकता रहेको औल्याउनुभयो । अध्यक्ष सापकोटाले वर्तमान संविधानले आम नेपाली महिला, दलित, अल्पसंख्यक, पिछडिएको बर्ग लगायत सम्पूर्ण नेपालीको भावनालाई समेटेको बताउँदै संविधानमाथि गलत प्रचार गरी अनावश्यक भ्रम फैलाउनु नहुने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्