असोज ५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशालि युवा नेता, पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रमुख प्रतिपक्षिदल नेपाली काग्रेसले कसैको लास माथि राजनीति नगर्न भन्दै बलत्कारीलाई कारवाही गर्न बाधक नबन्न समेत चेतावनी दिनुभएको छ ।
बिहिवार संघिय संसदको विशेष समयमा वोल्दै सांसद बस्नतले बलत्कार संसारको सामुहिक अपराध भएकाले सबै मिलि सरकारलाई सहयोग गर्दै दोषिलाई कानुनको कठाघरामा ल्याई कडा कारवाही गर्नुपर्ने बताउनुभयो । काग्रेसको नेतृत्वकै समयमा हजारौं बलत्कार, हत्या जस्ता घटनाहरु भएको तर त्यसमा कतिको १३ वर्ष पछि हत्यारा पत्ता लागेको यर्थाथ रहेको बताउँदै कतिपय बलत्कारी तथा हत्यारा हालसम्म पनि पत्ता लाग्न नसकेको सांसद बस्नेतले बताउनुभयो ।
निर्मला पन्तको वलत्कार पछि गरिएको हत्याका विषयमा सरकारले उच्चस्तरिय छानविन समिति गठन गरि काम अघि वढाइरहेको जनाउँदै दोषिले कुनैपनि हालतमा छुट नपाउने बताउनुभयो । पन्तको हत्यालाई लिई सरकारलाई असफल बनाउन खोज्नु प्रतिपक्षिको कुचेष्ठा सफल नहुने समेत बताउनुभयो । सांसद वस्नेतले भन्नुभयो ‘विश्वको तथ्याङ्ककलाई हेर्ने हो भने अमेरिका, साउथ अफ्रीका, स्वीडेन, भारत लगायतका देशका विश्वकै सबभन्दा बढी बलत्कार हुने देशहरु रहेका छन् । नेपालमा ति देश भन्दा कम भएता पनि जधन्य अपराधिक कृयाकलापलाई निस्तेज पार्न सम्पूर्ण जिम्मेवार व्यक्तिले मुलुक तथा जनताको लागि आ–आफ्नो ठाउँबाट आफ्नो दायित्व पुरा गर्नुपर्छ ।’
प्रमुख प्रतिपक्षिदल काग्रेस पानी माथिको ओभानो हुनु नहुने भन्दै सांसद बस्नेतले विगतमा रहेको ट्र्याकलाई हेर्ने हो भने प्रतिपक्षिको असंख्य कमि कमजोरी रहेको बताउनुभयो । कमि कमजोरीलाई सुधार गर्दै आगामि दिनमा त्यस्ता प्रकारका कमजोरी गर्नु नहुने भन्दै उहाँले मुलुकको सार्वभौमसत्ता र अखण्डता माथि प्रहार गर्ने काममा मलजल गर्नु नहुने बताउनुभयो ।
त्यस्तै उहाँले तराईमा नेपालको राष्ट्रियता माथि खण्डित गर्ने प्रकारले अर्धभुमिगत रुपमा नेपाली जनताको भाग्य र भविष्यमाथि खेलवाड गर्न खोज्ने सिके राउत र भारतीय सेनापति विपिन रावतले दिएको अभिव्यक्ति प्रति कडा रुपमा खण्डन गर्नुभयो । सिके राउतले मधेशलाई विखण्डन गर्ने अभिव्यक्ति दिएको बताउँदै जानी नजानी रुपमा राजपाले समर्थन पुग्ने गरी संविधान दिवसलाई मनाएको कालो दिवसको रुपमा मनाउनु नेपालको राष्ट्रियता र सार्वभौमिकता माथि प्रश्न चिन्ह खडा भएको बताउनुभयो ।
संविधान दिवसमा दुई नं प्रदेशका मुख्यमन्त्री लाल बहादुर राउतले आफैले आयोजना गरेको दिवसमा सहभागिता नभएको प्रति आपत्ति जनाउनुभयो । उहाँले राष्ट्र, राष्ट्रियता र जनताप्रति बफादारी भई आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभयो । संविधान संशोधनको विषयमा सरकार वार्ता गर्न तयार रहेको जानकारी गराउँदा गराउँदै राजपा र फोरमका नेता तथा कार्यकर्तालाई नउठाउन सम्बन्धित पक्षलाई आग्रह आग्रह गर्नुभयो ।
देशमा विप्लप समुह तथा अन्य केही तत्वको नाममा अनेक प्रकारका अराजक गतिविधि भइरहेकोले त्यसलाई परास्त पार्न सरकार तथा प्रतिपक्षि एक भई लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सांसद वस्नेतले सेनापतिले अकुत सम्पत्ती भ्रष्टचार गरेको समाचार व्यापक आएको भताउँदै संसदिय सुनुवाई समितिले अगोग्य सावित गरेको दिपराज जोशी पुनः सर्वोच्चमा हाजिर हुनु मुलुकलाई जवरजस्ती अराजकताको बाटोमा लाने प्रयास भएको र त्यसालाई रोक्नुपर्ने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्