समाचार

मस्कुलर डिस्ट्रोफिलाई नगद तथा लत्ताकपडा सहयोग



असोज ५, काठमाडौ । भक्तपुरमा रहेको मस्कुलर डिस्ट्रोफि चाइल्ड केयर सोसाइटीलाई रकम तथा लत्ताकपडा सहयोग हस्तान्तरण गरिएको छ ।

ललितपुरको इमाडोलमा रहेको महिलाहरुको समूह ‘नकि धुकु’ले आज नगद रु ५० हजार रुपैयाँ र त्यहाँ आश्रीत वालवालिका तथा किशोरहरुका लागि लत्ता कपडा प्रदान गरेको छ ।

संस्थाकी अध्यक्ष रेनु मास्केले सो रकम सोसाइटीका अध्यक्ष हिमालयश्वर लाल मुललाई सोसाइटीको कार्यालयमा आयोजित एक कार्यक्रममा हस्तान्तरण गर्नुभएको छ ।

यसैगरि मास्केले त्यहाँ आश्रीत किशोरहरुलाई टिशर्ट तथा खाजा वितरण गर्नुभयो ।