असोज ६, एजेन्सी । दक्षिण कोरियाको राजधानी सियोलको एक कलेजमा १२ विद्यार्थीले सैन्य सेवाबाट बच्नका लागि नयाँ जुक्ति निकालेका छन् ।
सबैले दिनमा पाँचदेखि ६ पटक पिज्जा र अन्य जंक फुड खाएर, प्रोटिन सेक पिएर आफ्नो तौल ३० किलोसम्म बढाएका छन् । आर्मीको फिजिकल टेस्टमा यी सबैको अत्यधिक तौल भएको बताउँदै सेनाले उनीहरुलाई सर्भिसमा लिन अस्विकार गर्यो ।
दक्षिण कोरियामा २८ वर्षभन्दा कम उमेरका सबै पुरुषका लागि अनिवार्य रुपमा दुई वर्षको मिलिट्री सर्भिसको नियम छ । सेनामा भर्ती हुनका लागि फिजिकल टेस्ट पास गर्नुपर्छ ।
यी सबै १२ विद्यार्थीले संगीत विषयमा स्नातक गरेका थिए । कडा आर्मी सर्भिसको क्रममा गीत गाउन नपाउने भएकाले उनीहरुले यस्तो तरिका निकालेको बताइएको छ । पछि उनीहरुलाई सिभिल कम्युनिटी सर्भिसमा पठाइयो जहाँ उनीहरुले संगीतलाई आफ्नो पूरा समय दिन पाउँथे ।
सेनाका एक अधिकारीले उनीहरुविरुद्ध मुद्धासमेत चल्न सक्ने बताए ।
प्रतिक्रिया दिनुहोस्