असोज ६, काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९ने।क।पा०का अध्यक्ष केपी शर्मा ओलीले मौरी जस्तो एकजुट भएर देश र जनताको हितका लागि काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
वाम प्रजातान्त्रिक आन्दोलनकी नेत्री साहना प्रधानको चौथो स्मृति दिवसका अवसरमा शनिबार नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफ्ना स्वार्थ त्यागेर देशका स्वार्थ केन्द्रमा राखेर काम गर्न प्रधानमन्त्रीले आग्रह गरेका हुन्। देशका स्वार्थकै लागि काम गर्न माओवादीसँग मिलेर चुनाव लडेको र पार्टी एकता गरेको उनले बताए।
‘हामी एकतावद्ध हुनुपर्छ भनेको तर्सिएर, झस्किएर उधुम नै भइहाल्यो’, शनिबार पार्टी मुख्यालयमा चौंथो साहना प्रधान स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘आज मौरी भन्छु। कर्मी मौरीजस्तो एकजुटताका साथ अघि बढ्ने हो।’
मौरीको मह अरुले खोसेर खाइदिने गरे पनि आफूहरूले आर्जन गरेको मह बाँडेर खाने उनले बताए । ‘बाँड्न सकिने गरी देशमा मह जम्मा गर्ने काममा हामी लाग्नुपर्छ’, उनले भने, ‘सहज ढंगले देश बनाऔं। सरकार प्रतिपक्षसँग मिलेर काम गर्न तयार छ।’










प्रतिक्रिया दिनुहोस्