असोज ६, एजेन्सी । मालदिभ्समा झापा घर भएकी २४ वर्षीया सङ्गीता राजवंशीको मृत्यु भएको छ ।
बुबा नकुल राजवंशीका अनुसार वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा कलिङ भिसाबाट श्रम अनुमति लिएर मालदिभ्स गएकी सङ्गीताको भदौ २५ गते मृत्यु भएको थियो ।
सङ्गीताको शव शनिबार बिहान घर ल्याइपुर्याइएपछि स्थानीय रामघाटमा दाहसंस्कार गरिएको छ । सङ्गीताको मृत्यु आत्महत्याका कारण भएको भनी त्यहाँबाट खबर आएको जनाएको छ ।
सङ्गीता डेढ वर्षअघि वैदेशिक रोजगारीका लागि मालदिभ्स गएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्