स्वास्थ्य

‘कोलिफर्म’ मिसिएको पानी खुलेआम बिक्री



असोज ६, काठमाडौँ । झापामा सञ्चालित चारवटा उद्योगबाट उत्पादित खानेपानीमा ‘कोलिफर्म’ (दिशामा हुने किटाणु) भेटिए पनि  खुलेआम बिक्री-वितरण भइरहेको छ ।

अनुगमनका क्रममा ती उद्योगहरुद्वारा उत्पादित प्रशोधित पानीको प्रयोगशाला परिक्षणमा हानिकारक किटाणु (कोलिफर्म) भेटिए पनि कारवाही गर्ने निकायले चासो नदिँदा मानव स्वास्थ्यमाथि खेलबाड भइरहेको छ ।

बिर्तामोडस्थित देवी पाथीभरा इण्डष्ट्रिजबाट उत्पादित लाइफलाइन, प्रकाश वेभरेज इण्डष्ट्रिजबाट उत्पादित लाइफ केयर, बुद्धशान्ति गाउँपालिका–३ स्थित भगवती वेभरेजबाट उत्पादित ओ–एक्वा र मेचीनगर नगरपालिका–६ स्थित अक्वाटप मकालु मिनिरल वाटर उद्योगबाट उत्पादित मकालु ब्राण्डको पानी गुणस्तरहीन भेटिएको हो ।