समाचार

लायन्स क्लव डिस्ट्रिव्युटर 325 B1 का डिस्ट्रिक गभर्नरद्वारा अधिवक्ता खड्का सम्मानित



असोज ७, काठमाडौं । सर्वोच्च अदालत वार एशोसिएसनको हालै सम्पन्न निर्वाचनमा सर्वाधिक लोकप्रिय मत प्राप्त गरी उपाध्यक्षमा निर्वाचित हुनभएकोमा लायन्स क्लव अफ बालाजुका पूर्व प्रसिडेन्ट अधिवक्त राजु खड्कालाई एक समारोहकाबीच सम्मान गरिएको छ ।

लायन्स क्लव डिस्ट्रिव्युटर 325 B1 का डिस्ट्रिक गभर्नर असोक कुमार श्रेष्ठ र पूर्व गभर्नर एवं LCIF एरिया लिडर बालकृष्ण बुर्लाकोटीले संयुक्त सम्मान गर्नुभएको हो ।

लायन्स क्लव अफ काठमाडौं पिस आइजले आफ्नो छौंठौं स्थापना दिवश मनाउन आयोजना गरेको चार्टड नाईट (Charter Night) समारोहमा उक्त सम्मान गरिएको हो । समारोहमा अधिवक्ता राजु खड्का सहित बाह्रविसे नगरपालिकाका उपमेयर लायन शुसिला पाख्रीनलाई समेत सम्मान गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि गर्भनर श्रेष्ठले पिस आइजको उत्तरोत्तर प्रगतिको कामना गर्दै आफ्नो मुल नारा ‘लिभिङ वाई गिभिङ’ लाई सफलिभुत पार्न सम्पूर्ण लायनहरु एकजुट भई लायनवादको भावनालाई अझै उचो वनाउनुपर्ने आजको आवश्यकता रहेको औल्याउनुभयो ।

क्लवका प्रेसिडेन्ट शारदा गुरुङको अध्यक्षता र सचिव सरस्वती श्रेष्ठले सञ्चालन गर्नुभएको उक्त समारोहमा विभिन्न लायन लिडरहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।