असोज ७, एजेन्सी । तान्जानियाको लेक भिक्टोरियामा डुङ्गा दुर्घटना हुँदा २०७ जना मृत्युभएको छ ।
तान्जानियाको सरकारी रेडियो अनुसार २०७ जना मृत्यु र केही यात्रु डुबेको आशङ्कामा उद्धारकर्मीले शनिबार पनि खोजी कार्यलाई जारी राखेका जनाएको छ ।
एमभि नाइरेरे नामक डुङ्गाले २०० जनाभन्दा बढी यात्रुलाई लिएर यात्रा गरिरहेको भनाइका आधारमा खोजी जारी राखिएको हो ।
प्रतिक्रिया दिनुहोस्