समाचार

नवलपरासीमा जीप दुर्घटना, चालकको मृत्यु, सहचालक घाइते



असोज  ७, नवलपरासी । नवलपरासीमा  जीप दुर्घटना हुदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन ।

नवलपरासी हुप्सिकोट गाउँपालिका– ४ स्थित  भैंसीघाटमा गएराति शंखदेवबाट हात्तीखोरतर्फ जाँदै गरेको लु १ ज २९२७ नम्बरकाे जीप दुर्घटना हुँदा चालक बौदीकाली गाउँपालिका–४ का कृष्ण सुनारीको मृत्यु भएको हो ।

दुर्घटनामा सहचालक मेखबहादुर मर्साङ्गी घाइते भएका छन् । भरतपुरको सीएमसी अस्पतालमा उपचाररत उनको अवस्था मध्यम रहेको जनाएको छ  ।

सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना भएको जीपबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।