असोज ७, भक्तपुर) । पूर्व उद्योगमन्त्री तथा सांसद महेश बस्नेतले कुनै पनि अपराधिक कृयाकलापलाई राजनीतिसँग जोडी सरकारलाई नै चुनौति दिनु सामाजिक रुपमा ठूलो अराजकता भएको बताउनुभएको छ ।
आज भक्तपुरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक)ले आयोजना गरेको ‘वर्तमान परिप्रेक्षमा नागरिक समाज तथा स्थानीय सरकार बिचको सहकार्यका अवसर र चुनौती’ विषयक कार्यक्रममा बोल्दै सांसद बस्नेतले सरकारले परिकल्पना गरेको सुखी र समृद्धि नेपालको अभियानलाई सफल पार्न नागरिक समाज र स्थानीय सरकार बिचको सहकार्य अत्यावश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बस्नेतले भन्नुभयो ‘अहिले राज्यलाई एकदमै बलियो र शसक्त बनाउँने बेला आएको छ । सवैले साथ र सहियोग दिई आर्थिक तथा सामाजिक रुपान्तरण गर्नुपर्छ ।’
उहाँले भन्नुभयो “देशलाई कमजोर बनाउँन केही देशी र विदेशी शक्तिहरु सक्रिय छन्, त्यसलाई केही मिडियाले साथ दिइरहेका छन्, नेपाली टोपी लाएर मधेश जान डराउँने बेला आएको छ, जनतालाई फुटाउँने र भ्रम फैलाएर फेरी अशान्ती फैलाउँन केही तत्व सक्रिय छन्, यस्तो बेलामा राज्यलाई एकदमै बलियो र शसक्त बनाउँनु पर्छ ।”
केही तत्व मधेश फुटाउँने षडयनत्रमा लागेको र मधेशलाई पहाडिया बिरुद्ध भड्काउँने प्रयास भईरहेको बताउँदै उहाँले भन्नुभयो “विदेशी तत्वहरुसंग साँठगाँठ गरेर देशलाई बिखण्डनमा पुर्याउँने बिखण्डनकारी तत्वहरु सक्रिय भईरहदाँ राज्य निरिह बन्नु पर्ने अबस्था सृजना गरिदैछ, देशमा फेरी आतंकवाद भित्रयाउँन खोजिदैछ, यस्तो अबस्थामा सबै मिलेर आतंकवादलाई जरैदेखि उखेल्ने र बिधिको शासनलाई व्यबस्थित बनाउँन सबै लाग्नु पर्ने छ ।”
उहाँले सिके राउत मधेश टुक्राउँने षडयन्त्रमा लागेको जिकिर गर्दै पहाडी मूलकाले मदेशमूलकालाई शोषण गरेको भ्रम फैलाउँने र टुक्राउँने षडयन्त्र भईरहेको उहाँको भनाई थियो । पत्रकारले जथाभावी लेख्न पाउँनु पर्छ, डाक्टरले जथाभावी उपचार गर्न पाउँनु पर्छ, चालकले जथाभावी मान्छे मार्न पाउँनु पर्छ, टयांकर चालकले तेल चोर्न पाउँनु पर्छ भनेर आन्दोलन गर्ने गरेका छन् भन्दै उहाँले सरकारलाई कमजोर बनाउँने खेल भईरहको टिप्पणी गर्नुभयो ।
बस्नेतले जनताले आफ्नो माग सहज ढंगले पुर्याउँन स्थानीय सरकार नै भएकाले स्थानीय सरकार र नागरिक समाजको सहकार्य भएमा जस्तोसुकै चुनौतीलाई पनि अवसरका रुपमा लैजान सकिने उहाँले बताउनुभयो । अहिले भक्तपुरका सूर्यविनायक र चाँगुनारायणमा प्रति नगरपालिका ८० करोड भन्दा बढीको बजेट भएको र अन्य दुई नगरपालिका दुई अर्बको हाराहारीमा बजेट रहेको चर्चा गर्दै उहाँले ती बजेटलाई व्यबस्थित ढंगले परिचालन गर्न सके विकासले मुहार फेर्ने उहाँको भनाई छ ।
उहाँले विगतको जस्तो नभई अब नयाँ ढंगले विकासलाई लैजानु पर्नेमा जोड दिदै विकासको पद्धतिलाई सुधार्दै लैजानु पर्ने भनाई राख्दै विकासको नाममा हुने आर्थिक अराजकतालई रोक्नु पर्ने औल्याउनुभयो ।
जनताको माग अहिले भौतिक पूर्वाधार।मा बढी रहेको छ भन्दै बस्नेतले अब विकासलाई उद्यमशिलता, सीप र रोजगारीसँग जोडेर लैजान स्थानीय सरकार अग्रसरता हुनुपर्ने बताउनुभयो । कृषिको बजेट सडकमा हाल्ने प्रबृत्ति गलत भएको चर्चा गर्दै उहाँले विषयतगत रुपमा आएको बजेटलाई सोही शिर्षकमा खर्च गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुरलाई अब सुरक्षित भक्तपुर, उज्यालो भक्तपुर, अपराध मुक्त भक्तपुर बनाउँने अभियान साकार पाुर्नपर्ने बताउँदै सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले कला, संस्कृतिको विकासमा पनि लागून पर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमुख सरिता कुँवरले जिल्ला समन्वय समितिलाई भूमिका बिहिन बनाउँदा स्थानीय सरकारहरु बिच समन्वयमा कठिनाई आएको बताउँदै स्थानीय सरकारले जिससलाई टेर्न समेत छाडेको गुनासो गर्नुभयो ।
त्यसअवसरमा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जूना बस्नेतले सूर्यविनायक नगरपालिकाले नागरिक समाजको सहभागितामा ऐन नियम बनाएर कार्यान्वयनमा ल्याएको बताउँदै विकासमा समेत नागरिक समाजको सहभागिता गराएको बताउँनुभयो ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाई), नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, प्याब्सनका अध्यक्ष श्रीकृष्ण केसी, मानव अधिकार सञ्जाल भक्तपुरका अध्यक्ष रोशनराज अर्याल लगायतले आगामी पाँचवर्ष भित्र सरकारले विकासलाई पूर्णता दिन नागरिक समाजको आवश्यकताको पहिचान गर्दै स्थानीय सरकारले योजना ल्याई सहकार्य गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्