असोज ८, काठमाडौँ । उज्ज्वल घिमिरेको निर्देशनमा बन्न लागेको ‘लभ स्टेशन’को शुभमुहुर्त आज गरिएको छ ।
नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको मुख्य भूमिका रहने चलचित्रको सोमबार बिहान पशुपति मन्दिर परिसरमा मुहुर्त गरिएको हो ।
शुक्रबारदेखि छायांकन हुने चलचित्र दार्जलिङ, कालिङपोङ, सिक्किममा हुने भएको छ । चलचित्रमा प्रदिप र जसिताको साथमा मिस सिलगुढी श्रद्धा क्षेत्री, नायिका निरुता सिंह, कलाकार सरोज खनाल, नव-कलाकार रश्मी पाण्डेको मुख्य भूमिका रहनेछ ।
आलोक शुक्लाको छायांकन रहने यो चलचित्रमा लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहने छ ।
प्रतिक्रिया दिनुहोस्