असोज ९, काठमाडौं । दशैंका लागि अग्रिम टिकट बुकिङ आजबाट खुलेको छ ।
नेपाल यातायात व्यवसायी महासंघको बैठकले आज (मंगलबार) बाट अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । सरकारले १० प्रतिशत गाडीभाडा बढाएपछि महासंघको बैठक बसेर टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि अनुरुप सार्वजनिक यातायातको भाडादर समायोजन भएपछि अग्रिम टिकट बुकिङ खुला गर्न निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
निगमले डिजेल र मट्टतिेलमा प्रतिलिटर ३र३ र पेट्रोलमा २ रुपैयाा मूल्य बढाइएपछि समायोजन गरिएको भाडादर अनुसार शहरी क्षेत्रमा न्युनतम १४ देखि अधिकतम १८ रुपैयाँ कायम गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्