असोज ९, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले नेपालको आर्थिक तथा सामाजिक विकासको मुख्य आधार धार्मिक, सास्कृतिक तथा पर्यटकिय विकास नै समृद्धिको मुख्य आधार रहेको बताउनुभएको छ ।
कार्यवाहक प्रधानमन्त्री पोखरेलले टोखामा भएको सांस्कृतिक बाजा हस्तान्तरण कार्यक्रममा बोल्दै संस्कृतिक संरक्षण तथा सम्बद्र्धनको विकासमा जोड दिनुभयो ।
कार्यक्रममा मन्त्री पोखरेलले राष्ट्र निर्माण तथा आर्थिक विकास अहिलेको आवश्यकता रहेको भन्दै तीन तहका सरकार एक आपसमा सहकार्य र समझदारीका साथ एक ढिक्का भई अघि बढ्नुको कुनै विकल्प नभएको दावि गर्नुभयो ।
उहाँले न्यायीक समानता वर्तमान संविधानले नै लिपिबद्ध गरेकाले आगामि दिनमा कसैले अधिकारको निम्ती सडक आन्दोलन गर्नु नपर्ने बताउनभयो । संविधानले महिला, दलित, जनजाती, आदिवासी, पिछडिएको वर्ग, लोपन्मुख जस्ता यावत सुमदायको मागलाई सम्वोधन गरेको बताउनुभयो ।
उहाँले विभिन्न प्रकारका संविधान विरोधि गतिविधिहरु भइरहेको बताउँदै संविधान परिवर्तित भएकाले आवश्यकता अनुसार सरकार संविधान संशोधन गर्न जहिले पछि तयार रहेको र त्यसकालागि सरकारले छलफल तथा वार्ता गर्न जुनसुकै समय तयार रहेको बताउनुभयो ।
मन्त्री पोखरेलले सांकृतिक संवद्र्धन तथा सम्बद्र्धनका लागि सांकृतिक बाजागाजहरु वितरण समेत गर्नुभयो । वितरण गरिएका मध्ये चार थान खि, पाँच थान पछिमा, छ थान मादल, एक थान धिमे, एक थान भुस्या, कोखी एक थान, झ्याली छ थान, छ थान ताय, झ्याम्टा दुई थान हस्तान्तरण समेत गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्