समाचार

अधिकारका मुद्दामा साझा लक्ष्य बनाई अघि वढ्न अनेम संघको आग्रह



असोज १०, काठमाडौं । अखिल नेपाल महिला संघले संघियताको कार्यान्वयनसँगै महिलाका अधिकारलाई स्थापित गर्न सम्पूर्ण महिला तथा सरोकारवाला निकायहरु साझा लक्ष्यका साथ अघि वढ्नपर्ने जनाएको छ ।

अखिल नेपाल महिला संघ (अनेम संघ)ले आयोजना गरेको ‘संचारिका समूहको नयाँ नेतृत्वलाई सम्मान’ कार्यक्रममा उक्त कुरालाई जोड दिईएको हो ।

संघको कार्यालय काठमाडौंमा गरेको उक्त कार्यक्रममा बोल्दै संघकी अध्यक्ष गोमा देवकोटा तथा अनेमसंघ क्रान्तिकारीका अध्यक्ष अमृता थापा मगरले महिलालाई हरेक क्षेत्रमा ३३ प्रतिशतका कुरा उठाउँदै आएको भन्दै भोलिको लक्ष्य समान अधिकार रहेको बताउनुभयो ।

संचारिकाका अध्यक्ष नितु पण्डितले संविधानत महिलालाई अधिकार लिपिवद्ध भएतापनि कार्यान्वयन पक्षमा भने महिलाको नेतृत्व नभएकाले व्यवहारिकतामा लागु हुन कठिनाई भइरहेको बताउनुभयो । यसको विषयमा संचारिका समूहले सशक्त भएर उजागर गर्ने बताउनुभयो ।