असोज १०, बुटवल । बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसमा ११ जना आफ्ना मान्छेलाई शिक्षक, कर्मचारी भर्ती गरेको भन्दै नेपाल विद्यार्थी संघले आगजनी र तोडफोड गरेको छ ।
विद्यार्थीहरुले नयाँ नियुक्त गरिएका शिक्षक कर्मचारीहरु भनसुनका आधारमा नाताबाद, कृपाबाद र आसेपासे भएको भदै ‘आफ्ना मान्छेलाइ प्रश्नपत्र आउट गराएर, चिट चोराएर नियुक्ति दिइएको छ, हामी यो मान्दैनौं । तत्काल निर्णय नसच्चाए थप आन्दोलन चर्काउछौं,’ नेबिसंघ केन्द्रीय सदस्य टंक पाण्डेले भने ।










प्रतिक्रिया दिनुहोस्