असोज १०, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले पुँजीवादका कारण बलात्कारका घटना बढेको बताएका छन्। बढ्यो
बुधबार संसदको राज्य व्यवस्था समितिमा बोल्दै गृहमन्त्री थापाले पुँजीवादले महिलालाई नाफा कमाउने मालसामानका रूपमा प्रयोग गर्ने गरेकाले बलात्कार बढ्नुमा पुँजीवादको हात रहेको बताएका हुन् ।
‘बलात्कारको सामाजिक र आर्थिक कारण पनि हेर्नुपर्छ। सबैभन्दा धेरै बलात्कार अमेरिकामा हुन्छ । त्यो पुँजीवादले जन्माएको हो,’ गृहमन्त्री थापाले भने,’पुँजीवादले नाफा कमाउने मालको रूपमा महिलाको प्रयोग गर्छ। दिदीबहिनीलाई बस्तुका रूपमा प्रयोग गर्छ। महिलालाई यौनतृप्तिको साधन बनाउने काम पुँजीवादले गरेको हो।’
मदिरा नियन्त्रण गर्न उद्योग मन्त्रालय पनि सकारात्मक छ। हामीले त्यतातिर सोच्नुपर्छ,’ थापाले भने,’मदिरा लिमिटमा खाए औषधि हो बढी खाए विष हो।’
उनले इन्टरनेटमा पाइने अश्लील सामग्रीका कारण पनि बलात्कार बढेको उल्लेख गर्दै त्यसलाई रोक्नु जायज भएको दाबी गरे।










प्रतिक्रिया दिनुहोस्