असोज १०, एजेन्सी । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा आमनिर्वाचनमा उम्मेदवारी दिएका एकजनालाई गोली हानी हत्या गरिएको प्रान्तीय सरकारका प्रवक्ताले बताएका छन् ।
अफगानिस्तानमा हुन लागेको संसदीय चुनावमा उम्मेदवारी दिएका मोहमद नासिर मुबाराजमाथि कान्दाहार प्रान्तको प्रान्तीय राजधानी कान्दाहारमा मङ्गलबार राति गोली प्रहार भएको प्रवक्ता अजिज अहमद अजिजीले जानकारी दिए ।
गोली लागेपछि उनको घटनास्थलमै निधन भएको थियो । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । अफगानिस्तानमा स्थगित हुँदै आएको यो निर्वाचन अगामी अक्टोबर २० तारिखको लागि तय भएको छ ।
मतदाता नामावलीमा ३० लाख महिलासहित ९० लाख भन्दा बढीले आफ्नो नाम दर्ता गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्