राजनीति

खारेज भएका यातायात व्यवसायीका बैंक खाता खुल्ला हुदैन : मन्त्री महासेठ



असोज १०, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले खारेज गरिएका यातायात  व्यवसायीका बैंक खाता खुल्ला नहुने बताएका छन ।

बुधबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुलाई जवाफ दिँदै उनले खारेज गरिएका यातायात  व्यवसायीका बैंक खाता खुल्ला गर्न कानुनी रुपमा प्रतिबन्ध लगाउने निर्णय भइसकेको स्मरण गराएका छन ।

मन्त्री महासेठले दुर्घटना वा मृतक बीमा सम्बन्धित पक्षलाई नै दिने व्यवस्था गरिएको पनि स्पष्ट पर्दै भने  सवारी दुर्घटनामा परि ज्यान गएको वा घाइते भएकाहरुलाई सोझै बीमाबापतको रकम पाउने व्यवस्था सरकारले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत् मिलाएको जानकारी समितिलाई गराएका छन ।