असोज ११, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा नेता, प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिका सभापति तथा सांसद निरुदेवी पालले देशमा वढ्दै गएको महिला हिंसाका घटनाहरु जघन्य अपराध भएकाले यस्ता प्रकारका कुकार्यका निम्ती तथा समृद्ध राष्ट्र निर्माणको गतिमा महिला पत्रकारले चलाएको कलमको भूमिका अतुलनिय रहेको बताउनुभएको छ ।
पत्रकार महिलाहरुको संस्था संचारिका समूहको नव निर्वाचित कार्य समितिका पदाधिकारीलाई आफ्नै कक्षमा बधाई तथा शुभकामना दिँदैं सभापति पालले महिला तथा बालिका हिंसा विरुद्ध डटेर काम गर्ने बताउँदै त्यस्ता अपराधिक कृयाकलाप न्युनिकरण गर्न सरकारको कामलाई जवाफदेही बनाउन आफ्नो तथा समितिको तर्फबाट कुनै पनि प्रकारको कदम चाल्न पछि नपर्ने बताउनुभयो ।
महिला हिंसाका घटनाले मान्छेहरुमा भय र त्रासको वातावरण मात्र सिर्जना भएको बताउँदै पत्रकारको भूमिका प्रभावकारी भएमा यस्ता प्रकारका घटनाहरु क्रमिक रुपमा घट्दै जाने बताउनुभयो ।
संचारिका समूहकी अध्यक्ष नितु पण्डितले महिला हिंसा विरुद्ध सबैले मिलेर काम गरेको हिंसा न्यूनिकरणमा टेवा पुग्ने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्