१५ दिनदेखि बेपत्ता भई बुधबार शव फेला परेका शैलुङ गाउँपालिका ८ स्थित शैलुंगेश्वरमा १० वर्षका कुशल विश्वकर्माको हत्या उनकै काकाले गरेको खुलेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
तीजको दिन शैलुंगेश्वरनजिकै भैँसे डाँडामा जात्रा हेर्न गएका वेला कुशललाई २५ वर्षीया काका उमेश विश्वकर्माले हत्या गरेको खुलेको हो ।बुधबार शव भेटिएपछि आशंकाको आधारमा नियन्त्रणमा लिएका उमेशले भतिजको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । बुधबार भैँसेभन्दा करिब १ किलोमिटरमाथि जंगलको खोल्सामा आधा पुरेर स्याउलाले छोपेका अवस्थामा शव भेटिएको थियो ।
बाबुआमासँगको रिसइबीका कारण उनले भतिजको हत्या गरेको पाइएको प्रहरीले बताएको छ । स्रोतले दिएको जानकारीअनुसार उमेशले हत्या गरेको स्वीकार गरी प्रहरीसमक्ष यस्तो बयान दिएका छन् ।
२७ भदौमा तीजको रौनक थियो । शैलुंगको भैँसे बजारनजिकै शिव मन्दिरमा लागेको मेला हेर्न जाँदै गर्दा जंगलको बाटोमा भेटेको थिएँ ।
कता हिँडिस् फुच्चे भनेर सोध्दा जहाँ जान लागे पनि तँलाई के मतलव भनेर जवाफ फर्काएपछि रिस उठ्यो र घाँटीमा समातेर उचाली अन्डकोषमा दुई मुक्का हान्दा मृत्यु भयो । त्यसपछि बोकेर २० मिनेटजतिमाथि जंगलको खोल्सीमा स्याउला र माटोले छोपेर फर्किएको हुँ ।










प्रतिक्रिया दिनुहोस्