विश्व

स्वीट्जरल्याण्डका दुई मन्त्रीले राजिनामा दिने घोषणा



असोज १२, एजेन्सी । स्वीट्जरल्याण्डमा एक हप्तामा दुई मन्त्रीले राजिनामा दिने घोषणा गरेका छन् ।

स्वीट्जरल्याण्डका अर्थमन्त्री जोन स्चेइडर अम्मानले राजिनामा दिने योजना बनाएको बताएको केही दिनपछि उर्जा मन्त्रीको राजिनामाको घोषणा भएको हो । यसै हप्ता अम्मानले पनि यही बर्षको अन्त्यतिर आफुले सरकार छाड्ने योजना बनाएको जानकारी दिइसकेका छन् ।

उर्जा मन्त्री डोरिस लेथार्डले बिहीबार राजिनामाको घोषणा गरेका छन । लेउथर्ड विगत १२ बर्षदेखि सरकारमा रहँदै आएका थिए। उनले दुई पटक अध्यक्ष मण्डलको नेतृत्व गरेका थिए। स्वीट्जरल्याण्डमा अध्यक्ष मण्डलको नेतृत्व हरेक एक एक बर्षमा फेरिने व्यवस्था रहेको छ ।

‘नयाँ शक्तिहरुलाई ठाउँ बनाइदिने समय आएको छ,’ ५५ बर्षिय क्रिश्चियन डेमोक्रयाट लेथार्डले संसदलाई पठाएको पत्रमा भनेका छन्। । उनले हाल वातावरण, यातायात, उर्जा र सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हादै आइरहेका छन्।

उनी अहिले स्वीजरल्याण्डमा सवैभन्दा लामो समय सरकारमा रहने मन्त्री हुन ।