राजनीति

धनगढीलाई नै प्रदेशको राजधानी बनाउन माग गर्दै कांग्रेसद्वारा बैठक अवरुद्ध



असोज १२,  कैलाली ।  धनगढीलाई नै प्रदेशको राजधानी बनाउनुपर्ने माग गर्दै नेपाली कांग्रेसले प्रदेश नं ७ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

बिहान ११ बस्ने भनेको बैठक सुरु हुनेवित्तिकै बैठक कांग्रेसले बैठक अवरोध गर्दै नारा जुलुस गरेका थिए । बैठक १ बजेको लागि सारिएको छ ।

कांग्रेस सांसद कर्ण मल्लले सत्तारुढ दलको निर्णयका आधारमा प्रदेश राजधानी गोदावरीलाई तोक्ने प्रस्ताव आएको भन्दै आपत्ति जनाए । उनले भने, ‘म पनि यो प्रदेशसभाको माननीय हुँ । तपाईको राय के छ भनेर सोधिएको छैन ।’ प्रदेश राजधानीबारे सर्वपक्षीय, सार्वदलीय छलफलहरु गराएर सुझाव दिनुपर्ने कांग्रेसको माग छ ।