Banner News

प्रधानमन्त्री ओली अमेरिकाबाट आज कोष्टारिकाको भ्रमणका लागि प्रस्थान गर्दै



असोज १३, काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज कोष्टारिकाको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुहुनेभएको छ ।

मध्य अमेरिकी मुलुक कोष्टारिकामा चार दिन रहँदा प्रधानमन्त्री ओलीले त्यहाँका राष्ट्रपति कार्लोस अलभरादो क्युसेकासँग भेटवार्ता गर्नुहुनेछ । त्यहीँको एक विश्वबिद्यालयमा आयोजित शान्ति सम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ ।

प्रधानमन्त्री ओली असोज १८ गते स्वदेश फर्कनुहुनेछ ।