राजनीति

युवा अवस्थामै सबैले मुटुको ख्याल गर्नुपर्छ : पूर्वस्वास्थ्यमन्त्री थापा



असोज १३, काठमाडौँ । पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले युवा अवस्थामै मुटुको ख्याल गर्न सबैलाई आह्वान गरेका छन् ।

विश्व मुटु दिवसका अवसरमा काठमाडौँ क्षेत्र नं ४ सांसदको कार्यालयद्वारा आज  आयोजित ‘काठमाडौँ कोणसभामा बोल्दै “खानपान र जीवनशैलीमा ख्याल नगरेका कारण मुटुको समस्याले युवा अवस्थामा नै धेरैले अकालमै ज्यान गुमाउनु परेको छ । ”

“नागरिकको स्वास्थ्यका बारेमा सरकारका पनि केही जिम्मेवारी त अवश्य छन्, तर ८० प्रतिशत जिम्मेवारी नागरिक आफैंको हो”